२०८१ बैशाख १३ , बिहिवार

विमानस्थलमा नौ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित एक क्यानडेली नागरिक पक्राउ परेका छन्।

 

दुबईबाट आएका क्यानडेली नागरिकलाई विमानस्थलमा चेकजाँचका क्रममा कच्चा सुनसहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा ३५ वर्षे मोहम्मद कमल माहगोब छन्।

 

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले माहगोबलाई बुधबार राति १२ बजे नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। उनी फ्लाई दुबईको एफ–२५७३ विमानमा काठमाण्डौ आएका थिए। उनीबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ।