२०८१ बैशाख १३ , बिहिवार

सुनको भाउमा फेरि नयाँ कीर्तिमान

Gold

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ फेरि नयाँ उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले बढेको छ।

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख ७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७ हजार रुपैयाँ कायम भएको छ। यो भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो। यसअघि गत माघ १२ गते सुनको भाउले नयाँ उचाइ चुमेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

 

हिजो बुधबार भने सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँलेर चाँदी १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।