२०८१ बैशाख ११ , मंगलबार

माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा विशेष छुट

सुनाखरी न्युज/ काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सीजी डिजिटलका आउटलेटमा विशेष छुट योजना संचालनमा ल्याएको छ ।

जस अन्तर्गत बैंककाग्राहकले देशैभर रहेकासिजी डिजिटलबाट इलेक्ट्रोनिक सामाग्रीखरिदगर्दा २० प्रतिशत सम्म छुट प्राप्तगर्नेछन् ।यो सुविधा बैंकका ग्राहकलाई २०७९फागुन १५ गते सम्म मात्र कायम रहनेछ । बैंकले आफ्ना डेबिट÷क्रेडिटकार्ड प्रयोगकर्ताहरु लाई मध्यनजर गर्दै उक्त सुविधा संचालनमा ल्याएको हो ।

 

डिजिटल कारोबारलाई बढावा दिनबैंकले देशभर रहेका विभिन्न संघ संस्था तथा व्यापार व्यवसाय संग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरु लाई आकर्षक सुविधा प्रदान गर्दै आएको छ । साथै माछापुच्छ्रे बैंक लि.का क्रेडिट कार्ड प्रयोगकर्ताले ०%EMI क्ष्भुक्तानी बाट पनि सीजी डिजिटलका इलेक्ट्रोनिक सामाग्री खरिद गर्न सक्नेछन् ।