२०७९ चैत्र १५ , बुधवार

परराष्ट्रमन्त्री आज श्रीलङ्का जाँदै, स्वतन्त्रता दिवसमा सम्मानित अतिथि बन्ने

Capture

सुनाखरी न्युज/ काठमाडौं । परराष्ट्रमन्त्री डा विमला राई पौड्याल आज श्रीलङ्का भ्रमणमा जाँदैछिन् । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा कोलोम्बोमा आयोजना हुने विशेष समारोहमा अतिथिका रुपमा सहभागी हुन उनी त्यसतर्फ जाने भएकी हुन् ।

 

मन्त्री पौडेल कोलोम्बोमा यही माघ २० र २१ गते हुने समारोहमा सम्मानित अतिथिका रुपमा सहभागी हुनेछिन् । उनलाई श्रीलङ्काली परराष्ट्रमन्त्री अली साब्रीको निमन्त्रणा थियो । परराष्ट्रमन्त्री पौड्यालले माघ २० गते कोलम्बोमा आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुका साथै स्वतन्त्रता चोकमा राष्ट्रपतिको सचिवालयले आयोजना गर्ने सांस्कृतिक महोत्सव ‘लंकारालंका’मा सहभागी हुने कार्यक्रम छ ।

 

त्यस्तै उनी माघ २१ गते ७५औँ स्वतन्त्रता दिवस समारोहमा सहभागी हुनुहुने, श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने र राष्ट्रपतिले राष्ट्रपति भवनमा आयोजना हुने स्वागत समारोहमा सहभागी हुनेछिन् । परराष्ट्रमन्त्री डा पौड्याल माघ २० गते कोलम्बो प्रस्थान गर्नेछिन् र माघ २५ गते काठमाडौँ फर्कनुहुने कार्यक्रम सहसचिव सुवेदीले बताए ।