२०८१ बैशाख १४ , शुक्रवार

प्रजातन्त्रमा निषेध गर्न पाइदैन

जनकराज पाठक – महंगि नियन्त्रण,सुन्य भ्रष्टाचार,गास,वास,कपासमा जनताको पहुच अलिलेको आवस्यकता हो। जनजिविकाको यावत समस्या लाइ पन्छायर दलगत स्वार्थ सिद्ध गर्न सेरेमोनियल संस्था को रुपमा रहेको राष्ट्रपतिको पद लाइ लियर कांग्रेस,एमाले र माओवादीहरु नयाँ नाटक मंचन गर्दै छन।निकै रस्साकस्सि चलिरहेको छ।राष्ट्रपतीको चुनावले सरकार को आयु तय गर्ने समेत विष्लेषक हरु वताउछन।

 

प्रजातन्त्रको जामा लगायर उदायका छोटे जंगबहादुर हरु फरक मत लाई निषेध गर्न उद्दत छन।प्रजातन्त्रमा आफ्नो मत राख्न पाइन्छ र फरक मतको सम्मान गर्नु पर्छ भन्ने सामान्य नियम लाई समेत पालन नगरि संसद भित्र उफ्रियका छोटेराजा हरुको हर्कत ले प्रजातन्त्र नै धरापमा त पर्दैन ?हाम्रो चिन्ता यो हो!दुइटा माननीयले संसदमा अभिव्यक्त दिदा हल्लिने व्यवस्था कति समय सम्म टिकाउने ?

 

प्रजातन्त्र फस्टाउन सवैको उपस्थित लाइ सवैले स्विकार्नु पर्छ।कसैलाइ पनि निषेध गर्नु हुदैन। परिवर्तनको नाममा विदेशी ले वोकाइदियको भारि वोकेर मुलुक स्थापनार्थ योगदान गरेको २५०वर्ष देखिको परम्परागत शक्ति राजसंस्था लाइ पाखा लगायर अव अगाडि वढन नसकिने निश्चित भयको छ। मेचीदेखि माहाकालि,हिमाल देखि तराईका सवै भुभागमा दैनिकजसो राजसंस्थाको पक्षमा उठिरहेको आवाज अब एकमुष्ठ रुपमा संसदमा समेत उठन थालेको छ। य‍ो आवाज लाई वेल‌ैमा सम्वोधन नगर्ने हो भने अर्को दुर्घटना कसैले टार्न सक्दैन। विगतमा ठुलाठुला राजनीतिक निर्णय हरु सडकवाटै भयको इतिहास हामिले विर्सन हुदैन।

 

यो संविधान नै जालझेल,विदेशी प्रभाव र दवावमा वन्यो।सदियौ देखि मुलुकको हिन्दु पहिचान नष्ट गरियो,भयका सहमति वाट भागेर राजसंस्था लाइ पाखा लाउने काम गरियो। विदेशी ले वोकाइदियको भारि वोक्दा अाज मुलुक विदेशी हरुकै क्रिडास्थल वनेको छ।सत्ता र शक्ति आर्जनको निमित्त ठुलादलका नेताहरु विदेशी सामु नतमस्तक वनेका कारण नेपालको राजनीतिक निर्णय नेपाली स्वयमले लिन नसक्ने अवस्थामा पुगेको छ। नया सिरा वाट अवको राजनीतिक कोर्ष अगाडि वढाउन राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्र स्थापनाको विकल्प छैन।अव मुलुक यो संविधानले चल्न नसक्ने करिव पक्का छ।तसर्थ यो संविधान को स्थगन जरुरि भयको छ।

 

यति ठुलो संख्यामा रहेका राजसंस्था वादी तथा हिन्दुराष्ट्र पक्षधर हरुलाइ निषेध गरेर कसरी अगाडि वढन सकिन्छ ? हिजो सडकमा भिडेका हामी अब संसदमा पनि भिडन तयार भयर आयका छौ। आफ्नो मुल लक्ष्य वाट अविचलित हामिलाइ नहेप्न संसदमा चेतावनी समेत दिइसकेका छौ। अव मुलुकलाई निकास दिन यो संविधान लाइ स्थगन गरेर २०४७ सालको संविधानमा अावस्यक संसोधन तथा परिमार्जन गरेर सवै पक्ष सम्मिलित सम्मेलन गरौ।कुनै शक्ति लाई पनि निषेध नगरौ।यसरि सवैले सवैको अस्तित्व लाइ स्विकार गर्न सकियो भने प्रजातन्त्र पनि फस्टाउछ । सुखी नेपाली र समृद्ध नेपालको सपना पनि साकार हुन्छ।

पाठक राप्रपा निर्वाचित केन्द्रीय सदस्य हुन ।