२०८१ बैशाख ८ , शनिवार

पठानले पहिलो सातामा कमायो ३०० करोड भारु

सुनाखरी न्युज   काठमाडौं । शाहरुख खान स्टारर फिल्म ‘पठान’ भारतमा पहिलो साता पठानको कुल कलेक्सन ३१५ करोड भारु छ । गत बुधबार रिलिज भएको यो फिल्मले पहिलो साता नेपाली बक्स अफिसमा समेत आक्रामक कमाइ गरेको छ । यद्यपि नेपालको कमाइ सार्वजनिक भइसकेको छैन । गत शनिबारसम्म नेपालमा फिल्मको कमाइ पाँच करोड नेपाली रुपैयाँ हाराहारीमा थियो ।

 

विश्वभर रिलिज भएदेखि नै कीर्तिमान बनाइरहेको पठानले सात दिनमा ‘बाहुबली २ स् द कन्क्लुजन’को हिन्दी संस्करणको कीर्तिमान तोड्दै सात दिनमै ३०० करोड क्लबमा प्रवेश गरेको हो । बाहुबली(१ लाई ३०० करोड भारु कमाउन १० दिन लागेको ट्रेड विश्लेषक तरण आदर्शले जनाएका छन् ।

 

‘केजीएफ स् च्याप्टर २’ ९२०२२० को हिन्दी संस्करणले ११ दिनमा ३०० करोडको आँकडा छुन सक्यो । आमिर खानको दंगल ९२०१६० ले त्यसका लागि १३ दिन लगाएको थियो । सञ्जु ९२०१८० र टाइगर जिन्दा है ९२०१७० दुवैले ३०० करोडको क्लबमा प्रवेश गर्न १६ दिन लगाए । यसैबीच आमिरको पीके ९२०१४० र ऋतिक रोशनको वार ९२०१९० ले ३०० करोडको उपलब्धि हासिल गर्न क्रमशः १७ दिन र १९ दिन लगाएका थिए ।

‘पठान’को एक हप्ताको बक्स अफिस कलेक्सन ९३१५ करोड० केजीएफ स् च्याप्टर २ को भन्दा ६५ करोड नेटले बढी छ । पठानले पाँच दिनमा यो रेकर्डलाई तोड्न पहिलो हप्ता राम्रो कमाउन सक्यो । सिद्धार्थ आनन्द निर्देशित पठान गणतन्त्र दिवस २०२३ को एक दिन अगाडि हिन्दी, तमिल र तेलुगू भाषामा रिलिज भएको थियो । यशराज फिल्म्सले निर्माण गरेको फिल्ममा सलमान खानको समेत विशेष भूमिका छ ।