२०८१ बैशाख ६ , बिहिवार

सुनको मूल्य ५ सय रुपैयाँले बढेर बुधबार प्रतितोला एक लाख ६ हजार ३ सय पुग्यो

सुनाखरी न्युज/ काठमाडौं।

सुनको मूल्य फेरी बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।

 

चाँदीको मूल्य तीन दिनपछि थोरै बढेको छ। बुधबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ७० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला एक हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि बुधबार सुनको मूल्य बढेको छ। मंगलबार प्रतिऔंस १९१९.९९ डलर रहेको सुनको भाउ बुधबार प्रतिऔंस १९२६.०६ डलर पुगेको छ। चाँदी २३.६३ डलरबाट बढेर २३.६७ डलरमा कारोबार भइरहेको छ।

मंगलबार सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।