२०८१ बैशाख ७ , शुक्रवार

गाई मार्ने तीन जना पक्राउ

प्रहरीले स्थानीय रमेश नेपाली, आशबहादुर रोका, देवबहादुर घर्ती मगरलाई पक्राउ गरेको प्रहरी निरीक्षक विजयराज तिमिल्सिनाले बताउनुभयो । उनीहरुबाट गाई मार्न प्रयोग गरिएको १ थान बन्चरो, १ थान हँसिया, ३ थान खुकुरी र २ थान चक्कु समेत बरामद गरेको छ ।

 

गाई मार्नेबेला कराएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनीहरुले गाई मारेर मासु खाने योजनामा रहेको प्रहरीले जनाएको छ । पक्राउ परेको तीनै जनालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय तौलिहवा पठाइएको प्रहरीले जनाएको छ ।