२०८१ बैशाख ८ , शनिवार

आफ्नै मृत्युको नाटक गर्न जर्मनी युवतीले आफूजस्तै देखिने केटीलाई खोजेर मारिन्

 

सुनाखरी न्युज / जर्मनीकी एक २३ वर्षीया युवतीलाई सामाजिक सञ्जालमा आफ्नो डोपलगेङ्गर खोजेर मारेर आफ्नै मृत्युको नक्कली गरेको आरोप लागेको छ । यस मामिलामा जर्मन प्रहरीले ‘द डोपलगेङ्गर मर्डर’ नाम दिएको छ । यो कुरा गत वर्ष अगस्ट १६ को हो, जुन अहिले बाहिर आएको छ ।

 

प्रहरीका अनुसार म्युनिखमा बस्ने शाहराबान के। नामकी महिलाले इन्स्टाग्राममा नक्कली प्रोफाइल बनाए र आफूजस्तै देखिने थुप्रै महिलासँग सम्पर्क गर्ने कोसिस गरिन् । थुप्रै प्रोफाइलको खोजी गरेपछि उनले एक कस्मेटिक ब्लगरको प्रोफाइल भेटिन । खदिदजा नामको यी ब्लगर अल्जेरियाली नागरिक थिइन् र आरोपी महिलाको घरबाट करिब १६० किलोमिटर टाढा बस्थिन् । यी दुवैको लामो कालो कपाल थियो र रङ पनि लगभग एउटै खालको थियो । शाहराबान र उनका प्रेमी शरिक के ले खदिदजासँग सम्पर्क गरे र उनलाई केही ब्युटी प्रडक्ट प्रस्ताव गरे । त्यसपछि दुवै उनलाई लिन पुगे । प्रहरीले दिएको जानकारी अनुसार खदिदजालाई लिएर म्युनिख फर्किरहेका बेला दुवैले एउटा जङ्गलमा कार रोके र खदिदजामाथि ५० पटक चक्कुले हमला गरे ।

 

प्रहरीले घटनास्थल नजिकै धेरै चक्कुहरू फेला पारेको र शाकिरको फ्ल्याट नजिकै पार्क गरिएको कार फेला पारेको बताएको छ । पोस्टमार्टम र डीएनए परीक्षणको रिपोर्टमा शव सहरावानको नभई खादिजाको भएको खुलेको छ । प्रहरीले अनुसन्धानपछि सहरवान र साकिरलाई पक्राउ गरेको थियो । आरोपित युवतीले पारिवारिक कलहका कारण बेपत्ता हुन खोजेकाले आफैंले आत्महत्या गरेको र त्यसैका लागि आफूले जस्तो देखिने गरी हत्या गरेको प्रहरीले जनाएको छ ।एजेन्सी