२०८१ बैशाख ६ , बिहिवार

दोहोरो अंकले घट्यो नेप्से

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेको छ । आजको कारोबार शुरु भएदेखि नै नेप्सेमा तिव्र उत्तारचढाव देखिएको थियो ।

आज नेप्से १५.७४ अंकले घटेर दुई हजार एक सय ११ दशमलब ६३ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्से परिसूचकसंगै कारोबार रकम समेत घटेको छ । सोमबार तीन अर्ब रुपैयाँ भन्दा बढीको भएकोमा आज दुई अर्ब ८२ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ५७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १४८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ११ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

 

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार पाँच सय ९४ रुपैयाँ पुगेको छ । आज प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ । यसको आज १९ करोड २० लाखभन्दा बढीको कारोबार भएको छ ।