२०८० चैत्र १६ , शुक्रवार

एक बैंकको एटीएम अर्को बैंकमा प्रयोग गर्दा शुल्क लाग्ने

सुनाखरी न्युज/ काठमाडौं । अब अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा अब १५ रूपैयाँसम्म शुल्क लाग्ने भएको छ । भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशिका २०७९ जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

 

बैंक तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेश भित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग हुँदा प्रति कारोबार १५ रूपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था गरेको हो ।

 

यसअघि राष्ट्र बैंकले नेपालका जुनसुकै बैंकको एटीएममा मासिक २ वटा कारोबारसम्म निःशुल्क हुने व्यवस्था गरेको थियो । त्योभन्दा बढी पटकको कारोबारमा प्रति कारोबार २० रूपैयाँसम्म लिन पाउने व्यवस्था थियो ।