२०८१ बैशाख १३ , बिहिवार

जगदम्बा सुपरशाइन र जगदम्बा ग्याल्भा प्लसद्धारा अन्तर्राष्ट्रिय निर्यातलाई निरन्तरता

सुनाखरी न्युज/ काठमाडौं । नेपालकै पहिलो अटोमेटेड स्टील म्यानुफ्याक्चरिङ् कम्पनी, जगदम्बा स्टील्सद्वारा जगदम्बा सुपरशाइन र ग्याल्भा प्लस (प्रिमियम आल्मुनियम–जिंक कलर कोटेड र प्लेन शिट्स तथा कोइल्स)को अन्तर्राष्ट्रिय निर्याताको निरन्तरता गर्ने घोषणा गरेको छ ।

 

यस अवसरमा कम्पनीले आफ्ना उच्च गुणस्तरिय उत्पादन तथा सेवाप्रति उपभोक्ताको विश्वासका लागि धन्यवाद ज्ञापन समेत गरेको छ । जगदम्बा सुपरशाइन र जगदम्बा ग्याल्भा प्लस, प्रिमियम आल्मुनियम–जिंक कलर कोटेड र प्लेन शिट्स तथा कोइल्स लाई ग्याल्भालुमको नामले पनि चिनिन्छ । यसमा उत्पादनको टिकाउपना र आयु बढाउने कार्यमा सघाउन ५५% आल्मुनियम, ४३.५% जिंक र बेस मेटल माथि १.५% सिलिकनको प्रयोग गरिएको हुन्छ ।

 

स्टील उत्पादनको निर्माणमा रिईन्फोर्समेन्ट टीएमटी रिबारदेखि स्ट्रक्चरल तथा वायर प्रडक्ट्ससम्मका रेन्जमा २ दशकभन्दा लामो समयको सफलता पश्चात जगदम्बा स्टील्सले नेपाल विकासको साझेदारको भुमिका निर्वाह गर्दै नेपालको स्टीललाई वैश्विक मंचमा प्रदर्शित गरिरहेको छ । नेपाल गुणस्तर तथा नाप तौल विभागद्वार एनएसः१९१, आईएसओ ९००१ः२०१५ (गुणस्तर ब्यवस्थापन प्रणाली) र आईएसओ १४००१ः२०१५ (वातावरण ब्यवस्थापन प्रणाली) मार्फत यसका उत्पादनहरु प्रमाणित गरिएका छन् । जगदम्बा स्टील्सले स्टील उत्पादनका क्षेत्रमा गुणस्तरका लागि सधैँ नै मानक स्थापना गर्दै आइरहेको छ । साथै, कम्पनीले कर्मचारी, समुदाय र उत्पादन सुरक्षार्थ दिगो उत्पादनलाई प्राथमिकता दिँदै आइरहेको छ ।

 

जगदम्बा स्टील्सले जगदम्बा सुपरशाइन र ग्याल्भा प्लसको निर्यात रोमानिया, यूएई,दक्षिण अफ्रिका, उत्तर अमेरिका, ईटाली र म्यानमारम ागर्दै आइरहेको छ । यसका साथै, जगदम्बा स्टील्सले साउथईस्ट एसिया, मिडल ईस्टर्न कन्ट्रिज र साउथ अफ्रिकामा तेस्रो देशिय निर्यातको थालनी पनि गरिरहेको छ ।

 

“उत्पादनमा उत्कृष्ट गुणस्तर मार्फत उपभोक्ता सन्तुष्टि सँधै नै हाम्रो पहिलो प्राथमिकता हो । सबै उत्पादनहरुमा गुणस्तरको सुनिश्चितताका लागि हाम्रा उत्पादनहरु उच्च प्रविधिका बेस्ट इन क्लास म्यानुफ्याक्चरिंग प्लान्ट्स मार्फत गरिन्छ । यस शुभ अवसरमा हामी हाम्रा समस्त उपभोक्तालाई हाम्रा उत्पादन तथा सेवाप्रति तिनका असिमित मायाँ तथा सहयोगका लागि कृतज्ञता ज्ञापन गर्दछौँ । तिनको मायाँ, साथ र सहयोगले हामीलाई तेस्रो देशिय निर्यातको पहल गर्ने नेपालकै पहिलो कम्पनीका रुपमा स्थापित गरेको छ । यसले हामीलाई थप जिम्मेवारीका साथ निरन्तर्ता दिन उत्प्रेरणा प्रदान गरेको छ ”, जगदम्बा स्टील्सका प्रवक्ताले भने,“यसका साथै कम्पनी उत्पादन गुणस्तरमा उत्कृष्टता र यस बेन्चमार्कले हामीलाई भाविष्यमा पनि उत्कृष्ट उत्पादनहरु पस्कँदै जान थप प्रेरणा तथा हौसला प्रदान गरेको छ ।”