२०८१ बैशाख ७ , शुक्रवार

नेपाल निर्माण सामग्री व्यापार संघ काठमाण्डौले ट्राफिक प्रहरी प्रमुख लाई बुझायो ध्यानाकर्षण पत्र

सुनाखरी न्युज/ काठमाडौं । नेपाल निर्माण सामग्री व्यापार संघ काठमाण्डौले ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी लाई भेटी निर्माण सामग्रीको व्यवसाय गर्दै आएका सदस्यहरुको हकहित र सदस्यहरुलाई आइपरेका समस्याहरुको समाधान गर्दिन आग्रह गरेको छ ।

 

नेपाल निर्माण सामग्री व्यापार संघ काठमाण्डौ वि.सं. २०४८ सालमा स्थापना भएर निर्माण सामग्रीको व्यवसाय गर्दै आएका सदस्यहरुको हकहित र सदस्यहरुलाई आइपरेका समस्याहरुको समाधान खोज्दै आफ्नो व्यवसाय संचालनको क्रममा बेरोजगारी समस्या समाधान गर्न रोजगारी सृजना लगायत राष्ट्रको राजस्व संकलनमा अटो मोवाइल पछि दोश्रो भूमिका निर्वाह गर्दै आएको छ ।

No description available.

राष्ट्र निर्माणको लागि आवश्यक पर्ने निर्माण सामग्री एक स्थानबाट अर्को स्थानसम्म ढुवानी गर्नुपर्ने कुरा घाम जतिकै छर्लङगै छ । हाल एक ठाउँबाट अर्को ठाउँसम्म निर्माण सामग्री पुर्याउन अथवा हाम्रा सदस्यहरुका बिक्री प्रतिष्ठानबाट ग्राहक अथवा निर्माण कम्पनिको गन्तव्यसम्म निर्माण सामग्री ढुवानी गर्न प्रयोग हुने हाते ट्र्याक्टर, निशान ट्रक, टाटा मोबाइल, बोलेरो आदि दुवानीका साधनहरुलाई निर्माण सामग्री ओसार पोसार गर्दा उपत्यकामा ट्राफिकहरुबाट कुनैपनि समयमा जरिवाना गराउने र ढुवानीका साधन प्रयोग गर्न निषेध गर्ने कार्य भएको हुँदा सम्बन्धित निकायको ध्यान आकर्षणको लागि पहल गरिदिन आग्रह गरेको छ ।

 

नेपाल निर्माण सामग्री व्यापार संघ काठमाण्डौले ट्राफिक प्रहरी ले व्या निर्माण कम्पनिको गन्तव्यसम्म निर्माण सामग्री ढुवानी गर्न प्रयोग दुवानीका साधनहरुलाई अबरोध गर्ने गरेकोले सो ध्यानाकर्षण पत्र ट्राफिक प्रहरी प्रमुख लाई बुझाएको नेपाल निर्माण सामग्री व्यापार संघ काठमाण्डौका सदस्य दिपु उप्रेतिले जानकारी दिनु भयो ।

 

सडकमा हुने ट्राफिक समस्याहरुलाई मध्यनजर गर्दै बुँदागत रूपमा समाधानका उपायहरु प्रस्तुत गरेको छ ।

१ . हरेकदिन विहान ८:०० बजे सम्म निर्माण सामग्री ढुवानी गर्ने साधन प्रयोग गर्न पाउनुपर्ने।
२. हरेक दिन विहान कार्यालय समय पश्चात ११:०० बजेबाट दिउँसो ३.०० बजे सम्म निर्माण सामग्री ढुवानी गर्ने साधनहरुलाई निर्वाध रुपमा संचालन गर्न पाउनुपर्ने ।
३. सार्वजनिक विदाको दिन बिहानबाट बेलुका सम्म निर्माण सामग्री बुवानी गर्न पाउनुपर्ने ।
४. ट्राफिक नीति, नियम भित्र रहेर हाम्रो निर्माण सामग्रीको व्यापार अन्तर्गत पर्ने साधनहरुलाई प्राथमिकतामा राखी सहज गराई दिनुहुनेछ भन्ने विश्वास लिएका छौ।