२०८१ बैशाख १२ , बुधवार

सरकारद्वारा राष्ट्रिय योजना आयोगमा तीन जना सदस्य नियुक्त

सुनाखरी न्युज/ काठमाडौं ।सरकारले राष्ट्रिय योजना आयोगकाे सदस्यमा तीन जनालाई नियुक्त गरेको छ ।

 

सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महतलाई योजना आयोगको सदस्यमा सरकारले नियुक्त गरेको हाे । सरकारकी प्रवक्ता रेखा शर्माले आज बसेकाे मन्त्रिपरिषद बैठकले उहाँहरुलाई योजना आयोगको सदस्य नियुक्त गरेको जानकारी दिनुभयाे ।

 

यसअघि सरकारले योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरिसकेको छ ।