२०८० चैत्र १५ , बिहिवार

शेयर बजारमा उच्च गिरावट

Share Down

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोसो दिन आज सोमबार उच्च अंकले घटेको छ । आज नेप्से ४१.०१ अंकले घटेर दुई हजार एक सय २७ दशमलव ५२ विन्दुमा बन्द भएको हो ।

 

त्यस्तै, शेयर बजारमा ३ अर्ब ३० करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने २०४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्य उच्च अंकले बढेको छ । जसमा लुम्बिनी जनरल इन्स्यारेन्स र आदर्श लघुवित्त वित्तीय संस्था रहेका छन् ।

 

आज युनाइटेड इदी मोर्दी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सूर्यज्योति लाइफ इन्स्यारेन्स लिमिटेडको भएको छ । यसको आज १७ करोड ६५ लाखभन्दा बढीको कारोबार भएको छ ।