२०८१ बैशाख १३ , बिहिवार

कांग्रेस सभापति देउवा र अमेरिकी उपमन्त्री नुल्यान्डबीच भेट

सुनाखरी न्युज/ काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेकी अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डबीच भेटवार्ता भएको छ ।

 

उनीहरुबीच पूर्वप्रधानमन्त्री देउवाको निवास धुम्बाराहीमा भेटवार्ता भएको हो । उक्त अवसरमा उनीहरुले दुई मुलुकबीचको बीचमा द्विपक्षीय सम्बन्ध र लोकतन्त्र, विकास र सुशासनमा सहयोगलाई अझ सुदृढ बनाउने उपायहरु बरे छलफल गरेको देउवाले ट्वीटमार्फत जनाएका छन् ।

 

साथै, देउवाले नेपाललाई अमेरिकाको निरन्तर सहयोग दिएकोमा धन्यवाद दिँदै त्यो उच्च मूल्यवान रहेको पनि उल्लेख गरेका छन् ।