२०८१ बैशाख १४ , शुक्रवार

शहिदहरूकै कारणले मुलुकमा गणतन्त्र आएकाे हाे : प्रधानमन्त्री दाहाल

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र शहिदहरुको त्याग र बलिदानबाटै सम्भव भएको बताउनुभएको छ ।

 

साेमबार शहिद दिवसको अवसरमा लैनचौरस्थित शहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । शहिदहरुले जीवितहरुलाई निरन्तर प्रेरणा दिइरहने पनि उहाँले बताउनुभयो । राष्ट्र, जनताको प्रगति र सेवामा समर्पित हुन शहिदहरु प्रेरणाको श्रोत भएको उहाँको भनाइ छ।

माघ १६ गते शहिदहरुलाई स्मरण गर्नुको अर्थ फगत एउटा औपचारिकता मात्रै नभएको उहाँकाे तर्क छ । माघ १६ गते महान शहिदहरुका सपना, राष्ट्रको प्रतिष्ठा र जनताको प्रगति सबैको निम्ति समर्पित भएर काम गर्ने संकल्प लिने दिन भएकाे उहाँले बताउनुभयाे ।