२०८१ बैशाख १४ , शुक्रवार

सुनको भाउ बढ्यो

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो।

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ। हिजो आइतबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३६५ रुपैयाँमा किनबेच भएको थियो।