२०८१ बैशाख १३ , बिहिवार

माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीहरु लाई न्यानो कपडा र ब्ल्याङ्गकेट वितरण

सुनाखरी न्युज/ काठमाडौं । माछापुच्छ्रे बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश नं. १, उदयपुर जिल्ला स्थितश्री सिद्धवती माध्यमिक विद्यालय,खाँबुमा अध्ययनरत विद्यार्थीहरु लाई जाडोको न्यानो स्वेटर हस्तान्तरण गरेको छ ।

सिद्धवती माध्यमिक विद्यालयमा अध्ययन गर्ने अतिनिम्न परिवारका बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै बैंकले उक्त स्कुलमा २६५ थान स्वेटर वितरण गरेको हो । यसैगरि बैंकले जाडो मौसमलाई नै मध्यनजर गर्दै मधेश प्रदेश, पर्सा जिल्ला, जगन्नाथपुर गाउँपालिका अवस्थित जामियाकुलफामदरशामा अध्ययनरत मुस्लिम समुदायका विद्यार्थीहरु लाई समेत ४० थान ब्ल्याङ्गकेट हस्तान्तरण गरेको छ ।

बैंकले यसअघि पनि सामाजिक कार्यमा सक्रिय रहेका विभिन्न संघ संस्थाहरु लाई सहयोग गर्दै आएको थियो । माछापुच्छ्रे बैंकलि.ले हाल देशका७ वटै प्रदेशमा, १६५ वटा शाखा कार्यालय, ११वटा एक्सटेन्सन काउन्टर, १५७वटा शाखारहित बैंकिङ्ग सेवा, २०६ वटा एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरु लाई सेवा प्रदान गर्दै आइरहेको छ ।