२०८१ बैशाख ७ , शुक्रवार

रिद्धि सिद्धि सिमेन्टद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

सुनाखरी न्युज/ मकवानपुर । नेपालमै पहिलो पटक अत्याधुनिक रोवोटिक प्रणालि प्रयोग गर्ने सिमेन्ट उत्पादककम्पनी, रिद्धि सिद्धि सिमेन्टले बिहिबार मकवानपुरको भीमफेदी गाउँपालिका वडा न.३, झलकनेमा एक दिने निःशुल्क स्वास्थ्यशिविर सम्पन्न गरेको छ।

भीमफेदी गाउँपालिकाको समन्वयमा रिद्धि सिद्धि सिमेन्ट लिद्वारा आयोजित सो कार्यक्रममा भीमफेदी गाउँपालिका का अध्यक्ष हिदम लामाले प्रमुख आतिथ्यता गरेका थिए। सोहि गाउँपालिकाका वडा नं. ३ का वडाअध्यक्ष प्रीतिलाललामा विशिष्ट अतिथिका रुपमा उपस्थित थिए । प्रशासन् प्रमुख अच्युत पराजुलीको सभापतित्वमा भएको उक्त कार्यक्रममा भीमफेदी गाउँपालिका वडा नं ३ का वडासदस्य बुद्दीमान बज्यू, नेकपा समाजवादी भीमफेदी गाउँपालिकाका संयोजक समीर श्रेष्ठ र खानीप्रमुख गणेश कुमार सिंहको पनि उपस्थिति थियो।

कम्पनी सबैको स्वास्थ्य प्रति सचेत रहेको र भविष्यमापनि यस्ता कार्यक्रमहरु आयोजना गर्दै जाने बताएको छ। उक्त कार्यक्रम खड़क तुम्सिङले संचालन गरेका थिए।