२०८० चैत्र १६ , शुक्रवार

स्व वुद्धिसागर लामिछानेकाे जीवनी लाेकार्पण

शिशिर पाैडेल/ पोखरा । स्वर्गीय बुद्धिसागर लामिछानेकाे जीवन गाथामा अाधारित ” माझठानाकाे टारीदेखि ब्रम्हपुत्र पारिसम्म” पुस्तक विमाेचन भएकाे छ ।

वुद्धिसागर स्मृति प्रतिष्ठान कि संरक्षक श्रीमती गंगादेवी लामिछानेकाे अध्यक्षतामा अायाेजित कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ सरुभक्तले साे कृति विमाेचन गर्नुभयाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि सरुभक्तले स्व बुद्धिसागर लामिछानेकाे जीवनबाट हामीले अथाह ज्ञान अार्जन गर्नसक्छाैं र याे पुस्तक सामाजिक विकास र मानवीय सभ्यताका पक्षमा खाेजमुलक रहेकाे बताउनुभयाे।रामप्रसाद पाैडेल द्वारा लिखित साे पुस्तककाे समीक्षा साहित्यकार लिली अधिकारीले गर्नु भएकाे थियाे।

 

कार्यक्रममा मन्जु शर्मा द्वारा लिखित ” देश डुब्ला कि भन्ने डर भाे ” कविता सङ्ग्रह र , माझठना गाउँ सम्बन्धित” हाम्राे माझठाना राम्राे माझठाना” गीत सहित विमाेचन गरियाे। साे अवसरमा साहित्यकार तिर्थ श्रेष्ठ, प्रा डा चन्द्रा भद्रा, साहित्यकार मन्जु शर्मा, प्रतिमा बस्याल, लेखक राम प्रसाद पाैडेल र प्रा डा निर्मल लामिछानेले बाेल्नु भएकाे थियाे।