२०८० चैत्र १६ , शुक्रवार

रवि लामिछानेले पुन: लिए नागरिकता

सुनाखरी न्युज/ काठमाडौं । रवि लामिछानेको नागरिकताले वैधानिकता प्राप्त गरेको छ । यसअघि विदेशी नागरिकता लिएपछि निश्क्रिय भएको नेपाली नागरिकतालाई उनले आइतबार वैधानिकता दिएका हुन् ।

 

नागरिकतालाई वैधानिक बनाउनका लागि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा उनको नागरिकतालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैधानिकता प्रदान गरेको हो ।चितवन निर्वाचन क्षेत्र – २ बाट चुनाव जितेर सांसद हुँदै उपप्रधानसहित गृहमन्त्री बनेका लामिछाने नागरिकता विवाद मुद्धामा दोषी ठहरिएका थिए ।

No description available.

उक्त मुद्धामा शुक्रबार सर्वोच्च अदालतले रविलाई दोषी ठहर गर्दै सांसदसहित मन्त्री पदबाटसमेत बर्खास्त गर्ने फैसला सुनाएको थियो ।

No description available.