२०८१ बैशाख १४ , शुक्रवार

नवलपरासीमा नेत्रज्योति संघको आँखा शिबिर, २५० जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया हुने

सुनाखरी न्युज/ काठमाडौं । नेपाल नेत्रज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान डा.बिनोद निकिता कण्डेल आँखा अस्पतालको आयोजनामा भएको निःशुल्क आँखा जाँच शिबिरबाट ६३४ जना लाभान्वित भएका छन् ।

 

रोटरी क्लब अफ नवलपरासीसंगको सहकार्यमा सरावल गाँउपालिकाको मनरी हेप्थपोष्टमा माघ १३ गते आयोजना गरिएको उक्त आँखा शिबिरमा आँखा परिक्षण गराएकाहरु मध्य २५० जना बिरामीहरुमा मोतिबिन्दु रोग देखिएको छ । मेतिबिन्दु देखिएका २५० जना बिरामीको डा.बिनोद निकिता कण्डेल आँखा अस्पतालमा निःशुल्क शल्लेक्रिया हुने अस्पतालका व्यबस्थापक तुलसी प्रसाद पराजुलीले जानकारी दिए । मेतिबिन्दु रोग नेपालमा रहेको दृष्टिबिहिनताको सबैभन्दा प्रमुख कारण हो । जुनसुकै उमेरका मानिसमा पनि यो समस्या देखिन सक्छ तर, अधिकांशमा उमेर बढ्दै गएपछि मोतिबिन्दु हुने सम्भावना पनि बढ्दै गएको पाइन्छ ।

 

मोतिबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो । यो रोग औषधीले ठीक हुँदैन । शल्यक्रिया गर्न नपर्ने अवस्थामा चश्माको प्रयोगबाट पनि धरै हदसम्म सफा हेर्न मद्दत गर्दछ तर पूर्ण सफा हेर्नको लागि शल्यक्रिया नै गर्नु पर्ने हुन्छ । आजभोलि प्रविधिमा आएको विकासले मोतिबिन्दुको शल्यक्रिया गरेको केहि घण्टा मै बिरामी आफ्नो सामान्य दैनिकिमा फर्कन सक्छन् । नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरुले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा देशैभरी निशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् ।

 

नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढि आँखा उपचार केन्द्र संचालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरु मार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।