२०८१ बैशाख ७ , शुक्रवार

ललितपुर सुनचाँदी ब्यवसायी संघको अध्यक्षमा सुविन वज्राचार्य

सुनाखरी न्युज/ काठमाडौं । ललितपुर सुनचाँदी ब्यवसायी संघको अध्यक्षमा सुविन वज्राचार्य सर्वसम्मतरुपमा निर्वाचित हुनुभएको छ । संघको शनिबार ललितपुरमा सम्पन्न १० औं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनवाट वज्राचार्य सहित सिंगो टिम नै निवौरोध निर्वाचित भएको हो ।

No description available.

निर्वाचित भएको घोषण पश्चात सभालाई सम्वोधन गर्दै संघका नवनिर्वाचित अध्यक्ष वज्राचार्यले आम ब्यवसायीको चाहना अनुसार संघलाई अगाडि बढाउने् प्रतिवद्धता जनाउनुभयो । उहाँले कच्चा सुन आपूर्ति, नीति निर्माण लगायत ब्यवसायिका तमाम समस्यालाई आफूले नजिकवाट निकालीरहेको उल्लेख गर्दै क्रमिकरुपमा ती समस्याहरु समाधान गर्ने जाने वताउनुभयो ।

No description available.
यसअघि संघका अध्यक्ष रमेश बहादुर शाक्यको अध्यक्षतामा संघको साधारणसभा सम्पन्न भएको थियो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको प्रमूख आतिथ्यतामा सम्पन्न सो साधारणसभामा महासंघका विभिन्न पदाधिकारी, ललितपुर जिल्लाका सांसद, उपभोक्ता अधिकारकर्मी लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।