२०८० चैत्र १६ , शुक्रवार

बढ्यो सुनको भाउ

सुनाखरी न्युज/ काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो।

 

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ १ हजार १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।