२०८१ बैशाख ६ , बिहिवार

अमेरिकी उपविदेशमन्त्री आज नेपाल आउँदै

सुनाखरी न्युज/ काठमाडौं । राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आइतबार नेपाल आउँदै हुनुहुन्छ ।

 

नेपालमा निर्वाचनबाट नयाँ सरकार बनेपछि पहिलो पटक अमेरिकी उच्च अधिकारी नेपाल आउन लाग्नु भएको हो । दुई दिने नेपालमा रहँदा नुल्याण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई पौड्याल लगायत सँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अमेरिकाका विदेश मन्त्रालयमा ३३ वर्ष बिताउनु भएकी नुल्याण्डको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।