२०८० चैत्र १६ , शुक्रवार

रास्वपाको कार्यबाहक सभापति र दलको नेतामा अर्याल

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन् । सभापति पदमुक्त भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले कार्यबाहक सभापतिको जिम्मेवारी डोलप्रसाद अर्याललाई दिने निर्णय गरेको हाे ।

 

बैठकले पार्टीको उपसभापतिसमेत रहेका श्रममन्त्री अर्याललाई पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । यस्तै उपसभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा पार्टी कार्यालयमा बसेको आकस्मिक बैठकले अर्याललाई नै दलको नेता बनाउने निर्णय गरेको छ । महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार केन्द्रीय समितिको निर्णय संसदीय दलको आगामी बैठकले अनुमोदन गर्नेछ ।

 

सर्वोच्च अदालतले उक्त पार्टीका सभापति रवि लामिछानेको नागरिकतामा कैफियत देखाउँदै विपक्षमा फैसला सुनाएपछि रास्वपाको आकस्मिक बैठक बसेको थियो ।