२०८१ बैशाख ८ , शनिवार

मुन्नाभाइ र सर्किटको जोडी पुनः दर्शकमाझ आउने

सुनाखरी न्युज / मुन्नाभाइ एमबीबीएस फिल्ममा सञ्जय ‘मुन्नाभाइ’ र अरशद ‘सर्किट’को भूमिकामा थिए । अब यो जोडी पुनः दर्शकमाझ आउने तयारी गरिरहेको छ ।

 

सञ्जयले बिहीबार आफ्नो इन्स्टाग्राम एकाउण्टमा नयाँ फिल्मको पोस्टर शेयर गरेका छन । यो पोस्टरमा सञ्जय र अरशद जेल भित्र छन । दुवैले कैदीको कपडा लगाएका छन । ‘हाम्रो पर्खाइ तपाईंहरुको भन्दा धेरै बढी थियो, तर अब त्यो पर्खाइ सकिएको छ । म आफ्नो भाइ अरशदका साथ एकपटक पुनः ठूलो फिल्म लिएर आउँदैछु’, उनले लेखेका छन ।

 

सञ्जयका अनुसार सन २०२३ मा रिलिज हुने फिल्ममा सिद्धान्त सचदेवको निर्देशन छ । फिल्मको निर्माता सञ्जय स्वयम हुन ।