२०८१ बैशाख ६ , बिहिवार

ग्लोबल आइएमई बैंकका मोबाईल बैंकिङ प्रयोगकर्तालाई ग्लोबल स्मार्ट प्लस एप्स चलाउन बैंकको आग्रह

सुनाखरी न्युज/ काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मोबाईल बैंकिङ प्रयोगकर्तालाई ग्लोबल स्मार्ट प्लसबाट मात्र शूचारु रहेको बैंकले जनाएको छ ।

 

बैकले एक सुचना जारी गर्दै साविकको बैंक अफ काठमाण्डु र ग्लोबल आइएमई दुबै बैंकमा खाता भई एउटै मोबाईल नम्बरबाट मोबाईल बैंकिङ सेवा लिइरहेका ग्राहकलाई बैंकले हाल ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ सेवा सुचारु गरी ग्लोबल स्मार्ट प्लस एप्स चलाउन आग्रह गरेको हो ।

 

ग्राहकले संचालन गरिराखेका २ मध्ये १ बचत खाता आफुलाई पायक पर्ने बैंकको शाखा कार्यालयमा गएर बन्द गरी मोबाईल नम्बर अद्याबधिक गराई पुनः मोबाईल सेवा सुचारु गर्न आग्रह गरेको छ ।