२०८१ बैशाख ७ , शुक्रवार

गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे आज सुनुवाइ हुँदै

सुनाखरी न्युज/ काठमाडौं ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ सुरु भएको छ ।

 

 

अहिले सुनुवाइमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा छन् । यसअघि बुधार इजलासमा एकजना न्यायाधीश हेरफेर गरेर सुनुवाइलाई निरन्तरता दिइएको थियो । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अहिले संवैधानिक इजलासमा छन् भने प्रकाशमानसिंह राउत हटेका छन् ।

 

आज गृहमन्त्री लामिछानेका कानून व्यवसायीहरुले बाँकी बहस गर्नेछन् भने त्यसपछि रिट निवेदकहरुले जवाफी बहस गर्न पालो पाउनेछन् ।

खाजा समयअघि नै बहस सकिने भएकाले आज नै संक्षिप्त आदेशसहित निर्णय सुनाउने सम्भावना छ । त्यसो नभए सर्वोच्च अदालतले निर्णय सुनाउने कुनै मिति तोक्न पनि पाँउछ ।