२०८० चैत्र १५ , बिहिवार

कोभिडले थला पारेको होटल ब्यवसाय भर्खर जुर्मुराउन थालेको छः ज्ञानेन्द्र कुमार विष्ट

ज्ञानेन्द्र कुमार विष्ट: केन्द्रिय सदस्य, होटल एशोसियसन नेपाल (पुर्व अध्यक्ष: क्षेत्रिय होटल संघ)

ज्ञानेन्द्र कुमार विष्ट, एक सफल होटल तथा पर्यटन ब्यवसायी हुन् । उनी विगत झण्डै तीर्न दशक दखि यो ब्यवसायमा सक्रिय छन् । विभिन्न होटल तथा ब्यवसायको सञ्चालन तथा आम ब्यवसायीहरुलाई नेतृत्वदायी भूमिका निर्वाहगर्न उनी निकै निपूर्ण ब्यक्ति हुन् । क्षेत्रिय होटल संघको पुर्वको भूमिका समेत निर्वाह गरिसकेका विष्ट हाल होटल एशोसियसन नेपालको केन्द्रिय सदस्य छन् । चितवनको सौराहास्थित होटल रेन फरेस्टका सञ्चालक ज्ञानेन्द्र कुमार विष्टसँग सुनाखरीन्युजका लागि शिव दुवाडीले होटल तथा पर्यटन ब्यवसाय र यसका विविध आयामका बिषयमा गरेको कुराकानीको संक्षेप ।

 

 

कति भयो यहाँले होटल तथा पर्यटक क्षनेत्रमा हाल हाल्नु भएको ?
म आफूले केही गरौं भन्ने भावनाको विक भएदेखि नै मैले यो क्षेत्रमा हात हालेको हुँ । तीन दशक बढी लामो अनुभव यो क्षेत्रमा रहेको छ । यस अवधिमा विभिन्न होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्नुका साथै आम ब्यवसायीका आवाज वुलन्द पार्नेक्रममा विभिन्न निकायमा नृतत्व दायी भूमिका समेत निभाएको छु । हाल होटल एशोसिएसन नेपालको केन्द्रिय सदस्यका रुपमा छ । पछिल्लो समयमा चितवनको सौराहास्थित होटल रेन फरेस्ट सञ्चालन गर्दै आइरहेको छु । यसका अलावा समाज ससेवामा पनि मेरो सक्रिय सहभागिता रहँदै आएको छ ।

होटल रेन फरेस्ट कहिले देखि सञ्चालन आएको हो ?
सौराहामा होटल तथा रेष्टुरेण्ट प्रशस्त छन् । मैले विगतमा अन्य विभिन्न होटलहरु पनि सञ्चालन गरें । पछिल्लो समयमा होटल रेन फरेस्ट सञ्चालन गर्दै आएको छु । यो सञ्चालनमा आएको डेढ दशक भयो । हामीले विगत १५ बषदेखि निरन्तररुपमा सेवा उपलब्त्तध गराउँदै आएका छौं ।

 

ज्ञानेन्द्र कुमार विष्ट, एक सफल होटल तथा पर्यटन ब्यवसायी हुन् । उनी विगत झण्डै तीर्न दशक दखि यो ब्यवसायमा सक्रिय छन् । विभिन्न होटल तथा ब्यवसायको सञ्चालन तथा आम ब्यवसायीहरुलाई नेतृत्वदायी भूमिका निर्वाहगर्न उनी निकै निपूर्ण ब्यक्ति हुन् ।

क्षेत्रिय होटल संघको पुर्वको भूमिका समेत निर्वाह गरिसकेका विष्ट हाल होटल एशोसियसन नेपालको केन्द्रिय सदस्य छन् । चितवनको सौराहास्थित होटल रेन फरेस्टका सञ्चालक ज्ञानेन्द्र कुमार विष्टसँग सुनाखरीन्युजका लागि शिव दुवाडीले होटल तथा पर्यटन ब्यवसाय र यसका विविध आयामका बिषयमा गरेको कुराकानीको संक्षेप ।

 

सौराहा आफैंमा पर्यटकीय क्षेत्र । यहाँ होटल रेष्टुरेण्ट त प्रशस्तै छन् । एउटा पर्यटकले होटल रेन फरेस्ट नै किन छनौट गर्ने ? के छन् होटल रेन फरेस्टका त्यस्ता बिशेषता ?
यहाँले भन्नु भएको अवश्य हो । सौराहामा होटलहरु धेरै छन् । ती धेरै होटलहरुका आ आफ्ै खालका बिशेषता पनि होलान् । यती धेरै होटलकावीचमा होटल रेन फरेन्ट नै किन भन्ने पश््रन उठ्छ । स्वभाविकरुपमा होटल रेन फरेस्ट छान्नुपर्ने धेरै कारण छ । यो आफैंमा मध्यमस्तरीय होटल हो । यो चितवन सौराहाको सेन्टर लोकेसनमा रहेको होटल हो । सौराहा र त्यसको पनि मुख्य भागमा यो रहेको छ । मिडल क्लासको होटल भएका कारण स्वभाविकरुपमा धेरै मानिसको रोजाइमा यो होटल पर्दछ । यो धेरैका लागि शुल्कका हिसावले पनि अफर्डेवल छ । लोकेशनका हिसावले त भन्नै परेन । यस वाहेक पर्यटककालागि उहाँको होम्ली इभाइरोमेण्ट, पर्यापत पार्किङ स्थल, गार्डेन, स्वीमिङपुल लगायतका धेरै सुविधा यहाँ छन् । यहाँवाट कल्चरल डान्स, खोला किनार, विडिङ सेन्टर जहाँ जाँदा पनि सजिलो छ । यो होटल निकै सेन्टर लोकेसनमा पर्दछ । यसर्थ होटलकै भिडमा पनि मानिसहरुको रोजाइमा रेन फरेस्ट पर्दछ ।

सौराहामा कति छन् होटल? यहाँका होटलले कति पर्यटक धान्न सक्ने क्षमता राख्छन् ?
सौराहा आफैंमा पर्यटकीय स्थल हो । यहाँ होटल रेस्टुरेण्ट प्रशस्त मात्रामा छन् । होटल एसोसिएसनमा आवद्ध भएका मात्रै सय भन्दा बढी होटल छन् सौराहामा । यस वाहेक यहाँ हानमा आवद्ध नभउका पनि थुप्रै होटल छन् । अहिलेको अवस्थामा यहाा आउने पर्यटकहरुलाई सहजै ब्यवसथपनगर्न सक्ने क्षमता यहाँका होटलले राख्दछन् ।

शुल्क कस्तो छ ?
शुल्कको कुरा गर्दा होटलको कुरा गर्ने हो भने यहाँ सस्तो देखि महँगा महँगा होट पनि छन् । रेन फरस्टको कुरा गर्दा मैले भनि सकैं यो मध्यमस्तरको होटल हो । धेरैको अफर्डेवल शुल्क भित्र पर्दछ । यस वाहेक सौराहामा पार्क प्रवेश शुल्क लाग्छ । शुल्क आफैंमा महँगो होइन । तर पार्क प्रवेश शुल्कलाई अलिकति ब्यवस्थित वनाइनु पर्दछ । एकपटक प्रवेश लिइसकेपछि यसलाई कम्सेकम दुई–तीन दिन सम्म हुने गर्नु पर्दछ । हामीले हालै मात्र गृहमन्त्रीलाई भेटगर्दा पनि यही कुरा राखेका छौं । सगरमाथा राष्ट्रिय निकुञ्जजाँदा एउटै पासले हप्ता दिन हुने तर यहाँ चाहीँ हरेक पटक प्रवेश पास लिनुपर्ने ब्यवस्था छ । यो भएन । यसलाई ब्यवसथपन गर्न ब्यवसायीहरुले पहल नगरेको पनि होइन तर वनमा गए अर्थमा, अर्थमा गए पर्यटनमा, पर्यटनमा गए वनमा भन्ने जस्ता कुरा अउाँछन् । त्यो भएन । यस्ता काम सहजै हुनु पर्दछ ।

नेशनलपार्क जोड्ने एउटा खोला छ । राप्ती खोला । त्यसमा एउटा ड्याम वनिरहेको यियो । त्यसमा साइक्लिङ, नाइट सफारी जस्ता कुराहरु हुनुपर्दछ । कम्युनिटी फरेस्टमा जस्तो छ त्यो ड्याम । यसलाई ब्यवस्थित र प्रभावकारी वनाउन सकीयो भने यसले धेरै पर्यटन तान्ने वातावरण तयार गर्दछ ।

 

 

ब्यवसायीले अगाडि सारेका यस्ता बिषयमा प्रशासनको सहयोग कस्तो रहेको छ ?
ब्यवसायी र प्रशासनको आ आफ्नो भूमिका छन् । ब्यवसायीहरुले पर्यटन प्रवद्र्धनको कुरामा बढी जोड दिएका छौं । प्रशासनको कुरा कन्जर्भेसन फरेस्ट टुरिजम फोकस छ । हाम्रो भनाई ब्यवसायलाई पनि हेरौं भन्ने हो । । तर लौत भनौं भने राज्यले अब्जरभेसन टावर, घाँसे मैदान जस्ता कुराहरुमा अलिकति चासो दिएर संरक्षण मात्र होइन ब्यवसायीलाई पनि हेर्नु पर्दछ । त्यो भनयो भने ब्यवसाय पनि राम्रो हुन्छ र पार्कको पनि आम्दानी वढ्छ । तर ब्यवसायीका माग र आवश्यकतामा श्ध्यान नदिने हो भने त्यसले ब्यवसायीलाई मात्र नभई सरुकारी आम्दानी पनि खुम्च्याउँदछ । यसतर्फ पार्क ब्यवसथपनको ध्यान पुग्न जरुरी हुन्छ ।

नेपालमा र त्यसमापनि खासगरी सौराहामा कस्ता पर्यटक बढी माधत्रामा आउने गर्दछन् ?
विगतमा यहाँ आउने पर्यटकहरुमा युरोपियन पर्यटन बढी हुन्थे । उनीहरु सफारी प्रति वढी रुची देखाउँथे । अहिले सौराहामा सुविधा सम्पन्न खालमा होटल र कोठाहरुको खोजी हुन थालेको छ । यसले सौाराहाका होटलहरु पनि कमर्सियल वन्दै गएका छन् । लक्जरियस रुमप्रति ध्यान जान थालेको छ । मिछेकी मुलुकका पर्यटकहरु आउन थालेका छन् । अहिले ब्यवसाय छिमेकी राष्ट्रका प्रटकहरु प्रति निर्भर छ ।

 

होटल ब्यवसाय आफैंमा एक महत्वपूर्ण र सम्वेदनशील छ । कोभिडले यो ब्यवसायलाई थला नै पार्यो । पर्यटन त्यस्तो क्षेत्र हो जहाँ एक बर्ष अशर पर्यो भने चार पाँच बर्ष सम्म त्यो अशर रहन्छ । कोभिडले ब्यवसाय थला परेपश्चात राज्यले ब्यवसायीलाई रिफाइनान्सको सुविधा नदिएको होइन । दिएको हो । विद्यतुको डिमाण्ड चार्ज कम गर्न सफल भयौं । त्यो दुईवटा सफलता चाहीँ भयो । अरु पनि धेरै समसइा अझैं छन् ।

तीनको उचित सम्वोधन हुन सक्नुपर्दछ । र राज्यले नीति वनाउँदा पर्यटन ब्यवसायीका समस्या पनि सम्वोधन होस भन्ने भावना राख्नु पर्दछ । हान लगायत देशभरका पर्यटन ब्यवसायीका समस्या धेरै छन् । ती कुरा सम्वोधन भएनन् ।

 

समग्रमा मुलुकको होटल ब्यवसाय क्षेत्रको समस्या र चुनौति के छन् ?
होटल ब्यवसाय आफैंमा एक महत्वपूर्ण र सम्वेदनशील छ । कोभिडले यो ब्यवसायलाई थला नै पार्यो । पर्यटन त्यस्तो क्षेत्र हो जहाँ एक बर्ष अशर पर्यो भने चार पाँच बर्ष सम्म त्यो अशर रहन्छ । कोभिडले ब्यवसाय थला परेपश्चात राज्यले ब्यवसायीलाई रिफाइनान्सको सुविधा नदिएको होइन । दिएको हो । विद्यतुको डिमाण्ड चार्ज कम गर्न सफल भयौं । त्यो दुईवटा सफलता चाहीँ भयो । अरु पनि धेरै समसइा अझैं छन् । तीनको उचित सम्वोधन हुन सक्नुपर्दछ । र राज्यले नीति वनाउँदा पर्यटन ब्यवसायीका समस्या पनि सम्वोधन होस भन्ने भावना राख्नु पर्दछ । हान लगायत देशभरका पर्यटन ब्यवसायीका समस्या धेरै छन् । ती कुरा सम्वोधन भएनन् ।

हाम्रो होटल क्षेत्र सेवा मूलक उद्योग हो । मानव स्वास्थमा हानी पु¥याउने चुरोट, रक्सी जस्ता उद्योगलाई र हामीलाई एउटै नजरले हेरिन्छ । पर्यटन उद्योगलाई राज्यले प्राथमिकता नदिएको हो कि भन्ने हामीलाई लाग्या छ । रिफाइनान्सको सुविधा पनि एक बर्ष मात्र नभई कम्तिमा पनि दुई बर्ष सम्म दिएको भए राम्रो हुन्थ्यो । खासगरी चितवनमा आफैंले आफ्नै होटल सञ्चालन गर्ने बढी छौं । पोखरा, काठमाडौंमा जस्तो भाडामा होटल लिएर सञ्चालन गर्नेलाई निकैकठीन भयो कोभिडपछि होटल सञ्चालन गर्न । यसमा राज्यले ध्यान दिनु पर्दछ ।

 

हान आफैंले सवै काम गर्ने होइल । यसले पोलिसी लेभलमा वातवरण वनाउने हो । उसले आफ्नो तर्फवाट आवश्यक पहल कदमी लिँदै आएको पनि छ । कामको दौरानमा केही पुरा भएका छन् । केही बाँकी होलान् ।तर हानले केही गरेन भन्ने चाहीँ होइन । सक्दो गरिरहेकै छ । सवै च्याप्टर र प्रदेशवाट पनि यी कुराहरु उठी रहेका छन् । तर के कति कारणले हो राज्यवाट चाहीँ यी कुराहरु प्रभावकारी रुपमा सम्वोधन हुन नसकेकै हो ।

 

हानको नेतृत्वको भूमि कस्तो छ यी यातव सवालदमा ?
हान आफैंले सवै काम गर्ने होइल । यसले पोलिसी लेभलमा वातवरण वनाउने हो । उसले आफ्नो तर्फवाट आवश्यक पहल कदमी लिँदै आएको पनि छ । कामको दौरानमा केही पुरा भएका छन् । केही बाँकी होलान् ।तर हानले केही गरेन भन्ने चाहीँ होइन । सक्दो गरिरहेकै छ । सवै च्याप्टर र प्रदेशवाट पनि यी कुराहरु उठी रहेका छन् । तर के कति कारणले हो राज्यवाट चाहीँ यी कुराहरु प्रभावकारी रुपमा सम्वोधन हुन नसकेकै हो ।

होटल ब्यवसायको भविष्य कस्तो छ ?
होटल ब्यवसायको भविष्य उज्वल छ । यसअघि नेपालमा जम्मा एउटा इन्रन्यासनल एयरपोर्ट थियो । अहिले तीन वटा वनिसक्यो । त्यो राष्ट्रिय गौरवको कुरा हो । छिमेकी कुलुकहरुको स्वार्थले एयरपोर्ट नचल्ला कि जस्तो भैकसको थियो । तर अहिले सकारात्माक संकेतहरु आइरहेका छन् ।
अर्को कोभिडका कारण बन्द भएको चाइनिज मार्केट अझै बन्द रहेका छन् । तीनलाई क्रमशः खुल्ला गर्दै लैजानु पर्दछ । वोर्डर हरु पनि खुल्दै छन् । सरकारले यसलाई प्रभावकारीरुपमा हेर्नु पर्दछ । सौराह धनी पर्यटकले भन्दा पनि एउटा मध्यमवर्गका होटलहरुको संभावना वलियो छ । त्यसमा रेनफरेस्ट पनि पर्दछ ।