२०८१ बैशाख १४ , शुक्रवार

सहारा क्लवलाई नगद ५५ हजार सहयोग

सुनाखरी न्युज/ पोखरा । सहारा क्लवपोखराले तमुधीं यूकेको टोलीलाई स्वागत गरेको छ । बिहीबार सहारा क्लवपोखराले दोविल्लास्थित‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’मायूकेको टोलीलाई स्वागत गरेको हो ।

 

कार्यक्रममातमुधीं यूकेका अध्यक्ष हरि गुरुङले संस्थाले गरेका कामबाट आफूहरु प्रभावितभएको बताए । उनले क्लवका रचनात्मकतथा परोपकारी कार्यहरुमाआफूहरु निरन्तर जोडिदै जाने बताए । उनले क्लवले आयोजना गर्ने आहा ! रारा पोखरा गोल्डकप प्रतियोगितालाई एउटा क्यालेन्डरमा नै समावेश गरेर सञ्चालनगर्न सुझावदिए । तमुधीं यूकेका संस्थापक सदस्यतथासहारा यूकेका कार्यसमिति सदस्यमञ्जु गुरुङ राईले क्लवले सञ्चालन गरेको एकेडेमीको सफलताको कामनागर्दै खेलकुदमाअनुशासन महत्वपूर्ण हुने बताइन् । पूर्व राष्ट्रिय भलिबलप्रशिक्षकतथा खेलाडी समेत रहेकीउनले अनुशाननै खेलाडीको गहनाभएको बताइन् । कार्यक्रममा नेपाल खेलकुदपत्रकार मञ्च गण्डकीका अध्यक्षदीननाथ बरालले तमुधीं यूकेको टोलीलाई पोखरामा स्वागतगर्दै मञ्चले वर्षेनीआयोजना गर्ने पोखरा स्पोर्टस् अवार्डमातमुधीं यूकेले गरेको सहयोगप्रतिआभार व्यक्तगरे । उनलेआगामीदिनमापनि निरन्तर सहयोगको अपेक्षा गरेका थिए ।

 

कार्यक्रममातमुधीं यूकेका तर्फबाट एकेडेमीकालागि ५५ हजार रुपैयाँ संस्थाकाअध्यक्ष हरि गुरुङले क्लवकाअध्यक्ष हरिराम गुरुङ सुरज, कोषाध्यक्षविनु रानामगरलाई हस्तान्त्रण गरेभने टोलीसँगैसंस्थापक अध्यक्ष मिन प्रसाद गुरुङका छोरा बेन्जेमेन गुरुङले एकेडेमीमा रहेका बालकहरुको खाजातथाखानाकालागि २० हजार रुपैयाँ हस्तान्त्रण गरका थिए । वि.स. २०६३ सालमापोखरा – १७ दोविल्लास्थित २६ रोपनी क्षेत्रफलजग्गा खरीद गरी शुरु गरिएको एकेडेमीको पुर्वाधार क्लबले तयार बनाईसकेको छ । अहिले एकेडेमीमा १५बालकलाई रहेका छन् । कार्यक्रममातमुधीं यूकेका निवर्तमान अध्यक्ष हितकाजी गुरुङ, संस्थाका संस्थापकअध्यक्षमिनप्रसाद गुरुङ, वरिष्ट उपाध्यक्षजुमकाजी गुरुङ, तमुधीं आमा समुहकाअध्यक्ष सन्ध्या गुरुङ, उपाध्यक्षकमलादेवी गुरुङ, पूर्वअध्यक्षतथासहारा क्लवका सल्लाहाकार मुछेत्र गुरुङ, सहारा क्लवपोखराकामानार्थ सदस्य महेश गुरुङ, शिक्षातथा संस्कृतिविद एकेन्द्र गुरुङ, संस्थाकाकार्यसमिति सदस्यतथागोरखा मिडियाका निर्देशक मिलन गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

क्लवकाअध्यक्ष हरिराम गुरुङ‘सुरज’को अध्यक्षतामा भएको कार्यक्रममा सहारा हङकङका अध्यक्ष दीपक गुरुङले स्वागत र सचिव सुनिल रानामगरले सञ्चालन गरेका थिए । यसैविच तमुधीं यूकेको टोलीले पोखरा–१७ स्थित नौलो घुम्तीको पनि अवलोकन गरेको थियो ।