२०८१ बैशाख १३ , बिहिवार

झिनो अंकले घट्यो नेप्से

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहिबार झिनो अंकले घटेको छ । आज नेप्से ०.३५ अंकले घटेर दुई हजार एक सय ८३ दशमलब २७ विन्दुमा बन्द भएको हो ।

 

त्यस्तै, आज दुई अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १०१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज लुम्बिनी जनरल इन्स्योरेन्स, बाराही हाइड्रोपावर, आदर्श लघुवित्त वित्तीय संस्था र सुर्यज्योती लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा उच्च वृद्धि भएको हो ।

 

आज समृद्धि फाइनान्स कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी समृद्धि फाइनान्स कम्पनीको भएको छ । यसको आज ९ करोड ७० लाखभन्दा बढीको कारोबार भएको छ ।