२०८१ बैशाख २० , बिहिवार

१०.३० प्रतिशत ब्याजदरको ऋणपत्र जारी गर्दै स्ट्याण्डर्ड चार्टर्ड बैंक

सुनाखरी न्युज/ काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले वार्षिक १०.३० प्रतिशत ब्याज प्रदान गर्ने गरी २ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।

 

उक्त ऋणपत्र जारी गर्नका लागि बैंकले सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृती प्राप्त गरिसकेको छ । यो ऋणपत्रको प्रति इकाई मुल्य रु.१००० हजार रुपैयाँ रहनेछ र ऋणपत्रको अवधि ५ वर्ष हुनेछ । यस सम्बन्धी सम्पूर्ण कार्य एनआइबिएल एस क्यापिटलले गर्ने गरी सम्झौता भएको छ । ऋणपत्रको लागि व्यक्ति र निजी संस्थाहरु जो नियमित आय आर्जन गर्न चाहन्छन्, उनीहरुले दरखास्त दिन सक्नेछन् ।

 

निष्काशन हुने कूल रकम मध्ये एक अर्ब ४४ करोड रुपैयाँ बराबरको एक करोड ४४ लाख कित्ता ऋणपत्र निजी तवरमा र ९ करोड ६० लाख रुपैयाँ बराबरको ९ लाख ६० हजार कित्ता बराबरको ऋणपत्र सर्वसाधारण लगायत म्युच्युअल फण्डहरुको लागि शेयर आव्हान पत्र जारी गरेर बाँडफाँड गरिने बैंकले जनाएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल हाल नेपालमा संचालित एकमात्र अन्तर्राष्ट्रिय बैंक हो । साथै नेपालमा आइसिआरए नेपालद्वारा इक्रा एनपी आईआर एएए श्रेणीका साथ समयमै वित्तीय दायित्वहरु प्रदान गर्ने सुरक्षित बैंकको रुपमा मान्यता दिइएको छ ।