२०८१ बैशाख १२ , बुधवार

पोखराका विभिन्न विद्यालयमा श्री पञ्चमी पर्व मनाइयो

शिशिर पौडेल /पोखरा । पोखरामा रहेका विभिन्न निजी तथा सामुदायिक विद्यालयमा श्री पञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पुजा आराधना गरी मनाईएको छ।

आजकै दिनदेखि स साना बालबालिकाले अक्षर आरम्भ समेत गरेका छन्। सामुदायिक विद्यालय तर्फ नेपाल भरिनै उत्कृष्ट पहिलो बन्न सफल बाटुलेचौरको विन्ध्यवासिनी मा विमा पनि सरस्वती पुजा गरिएको छ। धार्मिक विधिपूर्वक विद्यार्थी तथा शिक्षक, अभिभावक र कर्मचारीको उपस्थितिमा पुजा गरिएको विद्यालयका व्यवस्थापक नविन अधिकारीले जानकारी दिनुभयो।

 

पुजामा विद्याकी देवी सरस्वतीको वंदना गरिनुका साथै सहभागीलाई प्रसाद वितरण समेत गरिएको थियो। त्यस्तै बाटुलेचौरमा नै रहेको पोखरा एकेडेमीमा पनि सरस्वती पुजा गरिएको विद्यालयका ईन्चार्ज मोहन थापाले जानकारी दिनुभयो। पुजाकै दिन शुरु गरिएको अक्षर आरम्भमा करिब ३५ जना विद्यार्थीले पढाई आरम्भ गरेका छन्।

 

त्यस्तै पोखरा १६ मा रहेका प्रगति सेकेण्डरी बोर्डिङ्ग स्कूल, अल्फा बोडिङ्ग स्कुल, शान्ति मा वि जुम्लेटी, जनता आधारभुत विद्यालय, पोखरा मन्टेश्वरी पोखरा १९ मा रहेका महेन्द्र मा वि घार्मी, भुमेश्वर आधारभुत विद्यालय भारती भवन मा वि, विन्धेश्वरी मा वि, आमाको डे केयर मन्टेश्वरी , अकला आधारभुत विद्यालय, गायत्री आधारभुत विद्यालयले सरस्वती पुजा सहित विद्यालयको वार्षिकोत्सव समेत मनाएको छ।