२०८० चैत्र १६ , शुक्रवार

शेयर बजारमा दोहोरो अंकको वृद्धि

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार दोहोरो अंकले बढेको छ । आज नेप्से १०.३७ अंकले बढेर दुई हजार एक सय ८३ दशमलब ६२ विन्दुमा बन्द भएको हो ।

 

त्यस्तै, आज तीन अर्ब ४६ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १५९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ४६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज ग्रीन लाइफ हाइड्रोपावर, आदर्श लघुवित्त वित्तीय संस्था, सानिमा जिआइसी इन्स्योरेन्स, सुर्यज्योती लाइफ इन्स्योरेन्स र बलेफी हाइड्रोपावरको शेयरमूल्यमा उच्च वृद्धि भएको हो ।

 

आज आरबीबी म्युचुअल फण्ड १ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । यसको आज १० करोड १४ लाखभन्दा बढीको कारोबार भएको छ ।