२०८१ बैशाख १४ , शुक्रवार

उच्च रक्तचापका विरामीले ध्यान दिनुपर्ने ८ कुरा

सुनाखरी न्युज /  अस्वस्थकर खाना, तनावयुक्त जीविका, स्वास्थ्यप्रतिको बेवास्ता आदि कारणले उच्च रक्तचाप अर्थात् हाइपरटेनसनका बिरामीको संख्या दिनानुदिन बढ्ने क्रममा छ। विशेषतः बुढेसकालमा देखिने भनेर चिनिने प्रेसर, सुगर जस्ता रोग अहिले युवा एवं बालबालिकालाई समेत प्रसस्त देखिने गरेको पाइन्छ। यस्ता रोगप्रति जनमानसमा रहेका बुझाइले झनै अल्मल्याउने गरेको छ। विभिन्न भ्रम र यथार्थका बीचमा रहेका यस प्रकारका रोगबारे समाजमा सही जानकारी पुर्याउने काम अपरिहार्य भइसक्यो।

 

शरीरमा रक्तचापब्लड प्रेसर सही हुनुपर्छ । कम हुँदा वा बढी हुँदा घातक हुन्छ । त्यसकारण हामीले शरीरको रक्तचाप सही कायम   गरिराख्नको लागि विशेष ध्यान दिनु आवश्यक छ ।

1 उच्च रक्तचापको समस्या भएका व्यक्तिले रक्सी सेवन नगर्ने, गरेमा मष्तिस्कघात हुने सम्भावना बढी हुन्छ ।

2 मधुमेह भएका मानिसमा उच्च रक्तचाप भएमा मुटु र मिर्गौला रोग चाँडो देखिन्छ ।

3 उच्च रक्तचाप देखिने बित्तिकै औषधी सुरु गर्नु हुँदैन । असर देखिएमा डाक्टरको सल्लाहअनुसार औषधी खानुपर्छ ।

4 औषधी आफूखुशी छाड्नु हुँदैन । बीचमै छाड्दा मष्तिस्कघात र हृदयघात हुने सम्भावना बढी हुन्छ ।

 

5  मुटुरोग विशेषज्ञको सल्लाह बिना औषधी सेवन गर्नुहुँदैन ।

6 जीवनशैली परिवर्तनपछि रक्तचाप नियन्त्रणमा आएमा विशेषज्ञको निगरानीमा औषधी बन्द गर्न सकिन्छ ।

7  सुन्तला, कागती, मौसम, केरा र ताजा फलफूलमा पोटासियम बढी पाइन्छ । पोटासियम बढी भएको खानेकुराले रक्तचाप नियन्त्रणमा राख्न सहयोग गर्छ ।

8 उच्च रक्तचाप भएका महिलाले परिवार नियोजनको अस्थायी साधनमा हर्मोनल विधिको विकल्प खोज्नु पर्छ । एजेन्सी