२०८१ बैशाख १२ , बुधवार

मृतक आचार्यको उपचारमा लागेको सबै खर्च अस्पतालले बेहोर्ने

सुनाखरी न्युज / काठमाडौं , कीर्तिपुर अस्पतालले इलामको सूर्योदय नगरपालिकाका प्रेम प्रसाद आचार्यको उपचारमा लागेको सबै खर्च बेहोर्ने भएको छ ।

 

अस्पतालले आज एक प्रेस विज्ञप्ति जारी गरि मृतकका परिवारको राहत स्वरूप आचार्यको उपचारमा लागेको सम्पूर्ण खर्च छुट दिने जनाएको छ । आचार्यको आज बिहान ६ बजे उपचारकै क्रममा निधन भएको छ ।

आचार्यले हिजो नयाँ वानेश्वरस्थित सङ्घीय संसद भवनअगाडि आत्मदाहको प्रयास गरेका थिए । आफैलाई पेट्रोल छर्किएका आचार्यलाई ८० प्रतिशत भन्दा बढी जलेको अवस्थामा अस्पताल पुर्‍याइएको थियो ।