२०८१ जेठ ९ , बुधवार

सुनको भाउमा सामान्य गिरावट

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउमा सामान्य गिरावट आएको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार ७०० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ६ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

 

सुनको भाउ भाउ हालसम्मकै उच्च हो। आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३६५ रुपैयाँमा किनबेच भएको थियो।