२०८१ बैशाख १३ , बिहिवार

५.९ म्याग्निच्युडको भूकम्प

सुनाखरी न्युज/ मुगु ।
बाजुरामा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पका कारण क्षतिको विवरण भने यकिन भइसकेको छैन । यद्यपि बाजुरा, बझाङ लगायत जिल्लामा भूकम्पको धक्काबाट कतिपय भौतिक संरचना भत्किएका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।

मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।

 

 

भूकम्पको धक्का सुदूरपश्चिमका अधिकांश जिल्लासँगै छिमेकी भारतका कतिपय स्थानमा पनि महसुस गरिएको बताइएको छ ।

यसअघि कात्तिक तेस्रो साता सुदूरपश्चिमको डोटीमा ६।६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो । केही मानिस घाइते भएका थिए । त्यसबेला सयौं परकम्प पनि गएका थिए ।