२०८१ बैशाख ७ , शुक्रवार

नेप्सेमा सामान्य वृद्धि

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज मंगलबार कारोबारमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से ८.१४ अंकले बढेर दुई हजार एक सय ७३ दशमलव २४ विन्दुमा बन्द भएको हो ।

 

मंगलबार तीन अर्ब २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार ३ अर्ब ८६ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका कम्पनीमध्ये १०९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ८९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १० वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्य उच्च अंकले बढेको छ ।

 

जसमा सानिमा जिआइसी इन्स्योरेन्स, सूर्यदय वमी माइक्रोफाइनान्स, र शिवश्री हाइड्रोपवार रेहका छन् । आज मैलुङ खोला जलविद्युत र एनएमबि हाइब्रिड फण्डको शेयरमूल्यमा उच्च गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यसको आज १२ करोड ९१ लाखभन्दा बढीको कारोबार भएको छ ।