२०८१ बैशाख ११ , मंगलबार

सर्वसाधारणका लागि शुभम पावरको आईपीओ माघ १८ बाट बिक्री खुला हुने

IPO

सुनाखरी न्युज/ काठमाडौं । शुभम पावर लिमिटेडले यही माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।

 

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि आईपीओमा बिक्री नभएको १ लाख ८० हजार ५८० कित्ता थप गरी कुल ५ लाख ८० हजार ५८० कित्ता आईपीओ बिक्री खुला गर्न लागेको हो। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरिसकेको छ। त्यस्तै ५ प्रतिशतले हुन आउने २९ हजार ३० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ११ हाजर ६१० कित्ता कर्मचारीलाई छुट्याएको छ । बाँकी ४ लाख ८१ हजार ८८२ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागिव खरिद आवेदन दिन सक्नेछन् ।

 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्। यो आईपीओको निष्कासन बन्द छिटोमा माघ २२ गते बैंकिङ समयपछि हुनेछ। यो अवधिमा मागबमोजिमको आवेदन नपरेको खण्डमा बिक्री खुला अवधि फागुन ३ गतेसम्म लम्बिन सक्छ। शुभम पावरको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।