२०८० चैत्र १६ , शुक्रवार

फिक्सिङमा स्पोर्टका सञ्चालकसहित ५ अफिसिलयको संलग्नता

सुनाखरी न्युज / काठमाडौँ – राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी र पूर्व राष्ट्रिय खेलाडी मेहबुव आलम पक्राउ परेका हुन ।केन्द्रीय अनुसन्धान ब्यूरोको निर्देशनमा उनलाई मोरङबाट पक्राउ गरिएको हो । उनी विराटनगर बसपार्कबाट पक्राउ परेका हुन । नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’मा आलम संलग्न रहेको केन्द्रीय अनुसन्धान ब्यूरोको निष्कर्ष छ ।केन्द्रीय अनुसन्धान ब्युरोले गरेको प्रारम्भिक छानबिनबाट अन्सारी र आलमसहित ५ जना खेलाडी स्पट फिक्सिङमा संलग्न रहेको खुलेको छ ।

 

केन्द्रीय अनुसन्धान ब्युरोका एक जना अधिकृतका अनुसार फिक्सिङमा ५ जना अफिसियलको संलग्नता देखिएको छ ।टी–ट्वान्टी लिग क्रिकेटको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सेभेन–३ स्पोर्टका सञ्चालक जतिन अहलुवालिया सहित ५ अफिसिलयको संलग्नता देखिएको ती अधिकृतले बताए ।

 

 

स्पट फिक्सिङमा विदेशी खेलाडीहरूको पनि संलग्नता देखिएको छ । लिग सकिएको हुनाले विदेशी खेलाडीहरू अहिले नेपालमा छैनन् । स्पट फिक्सिङबारे जानकारी गराउन केन्द्रीय अनुसन्धान ब्युरोले पत्रकार सम्मेलन आयोजना गरेको छ । मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी गराइने केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।