२०८१ जेठ ५ , शनिवार

पहिलो एओजीनाइट राइड सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार र आइतबार पहिलो पटक काठमाडौं देखि चित्लाङ सम्म अपाचे ओनरस् ग्रुप (एओजी) नाइट राइडको धुमधामआयोजना गरेको छ ।

 

३०जना राइडरहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अपाचे राइडरहरुले यात्राको क्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरूमा भाग लिए। उनीहरु मनोरञ्जनमा मात्र सिमित रहेनन् चित्लाङको प्राकृतिक सुन्दरताको अवलोकन गर्दै उनीहरुले कम्पनीको तर्फबाट समाज सेवापनिगरे । चित्लाङको श्री कालीदेवी आधारभूत विद्यालयमा अध्ययन सामाग्री वितरण गर्नुका साथै अरु विभिन्न कार्यक्रमहरु पनिआयोजना गरे । युटुबर ‘जानकारी केन्द’र तथा मोटो भ्लगरहरु‘बाइक अल्साइक’ र ‘टुइनस्—राइडर’हरु कार्यत्रममाउपस्थितिथिए ।

 

टिभिएसले काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, र नारायणी क्षेत्र लगायत देशकाविभिन्न स्थानमाएओजी राइड कार्यक्रम आयोजना गरिसकेको छ । यद्यपि रात्रिकालिन यात्रा भने यो पहिलो रहेको कम्पनीले जनाएको छ । अपाचेकाचालकहरुले अत्याधिक रुचाइएको यो अभियान नेपालकाअन्य क्षेत्रमापनिआयोजनागर्ने कम्पनीको योजनाछ । राइडका एक सहभागी भन्छन्ः “चित्लाङमा यस्तो राइडको आयोजना धेरै थोरै मात्र हुन्छ । जगदम्बामोटर्स्ले हामीलाई बाइकिङ प्रविधिसिक्ने मौका दिएकोमा धन्यवाद दिन चहान्छौं ।” उनीयतिमा रोकिएनन्, उनले थपेः “हामीले फेसबुक र भाइबरका एओजी राइडर्स नेपाल समूहमापनि सामेल भयौं जसले हामीलाई आगामीदिनहरुमाटिभिएसले आयोजनागर्ने राइड तथाकार्यक्रमहरूको बारेमा अपडेटेड राख्नेछ । यसले हामीलाई भविष्यमा पनि यस प्रकारका कार्यक्रमहरूमा भागलिन उत्सुक बनाएको छ।”

 

कार्यक्रमकाअर्का एक सहभागी कल्याण श्रेष्ठले एओजी कै बारेमा सुनेर आफुले अपाचे किनेको बताए । उनले जगदम्बामोटर्स लाई धन्यवाद दिँदै भने, “मैले अपाचे आरटीआर २०० फोभि एफआई किने पछि एओजी ग्रुपमा सामेल हुनपाउँदानिकै खुशी छु र जगदम्बा मोटर्स प्रा.लि प्रति आभार व्यक्त गर्न चाहन्छु ।” एओजी, अपाचे बाइकभएका राइडरहरूको समुदाय हो, जुन मोटरसाइकल प्रति उनीहरुको प्रेम, जोश, र लगाव बाड्ने एउटा साझाप्लेट फर्म हो । भारत तथाअन्य राष्ट्रहरूका अपाचे राइडरहरुले बनेको यस समुदायले सम्पूर्ण राइडरहरुलाई एकजुट बनाएर विभिन्न कार्यक्रम तथा साहसिक खेलहरुमा संलग्न गराउँछ ।

 

जगदम्बामोटर्स प्रा. लि नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्रआधिकारिक वितरक हो। कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुकोबलियोराष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमाउच्च स्थानजमाउन सफल छ । गुणस्तरीय उत्पादनहरु,बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएकोदूई पांग्रे ब्राण्डका रुपमा स्थापित छ ।