२०८१ बैशाख १२ , बुधवार

आइएमई जनरल इन्स्योरेन्सको २५ औँ बार्षिक साधारण सभा सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २५औँ बार्षिक साधारण सभामिति २०७९ सालमाघ ९ गते सोमबार होटल लि हिमालय, लाजिम्पाट, काठमाण्डौँमा सम्पन्न भयो ।

 

साधारण सभामा सम्पूर्ण शेयरधनीमहानुभावहरुलाई र्हािर्दक स्वागतगर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमाकम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराउनु भयो । सभालाई अध्यक्ष ढकालले समीक्षाबर्षदेखि हालसम्मको देशको आर्थिक तथा राजनैतिकअवस्था र त्यसको कारणबाट समग्र बीमा क्षेत्रमा परेको प्रभावको बारेमा समेतजानकारी गराउनु भयो । अध्यक्ष ढकालले२४औँ साधारण सभामागरिएको भवननिर्माणको प्रतिबद्धताको बारेमा सभालाई जानकारी दिँदै समीक्षा बर्षमा कम्पनीको पानी पोखरी स्थित २ रोपनी ६ आना २ पैसा ३ दामजग्गामा करिब ६० हजार वर्गफिटको २ तल्लापार्किङ सहितको ११ तल्ले भवन निर्माणको क्रममा रहेको र निर्माण सम्पन्न पश्चात उक्त भवनबाट कम्पनीले करिब ४ देखि ५ करोड वार्षिक आम्दानीगर्ने पनिजानकारी गराउनु भयो ।

 

त्यसै गरी कम्पनीले७ वटै प्रदेश र अनलाइनको मध्यमबाट बीमालेख खरिद गर्न सक्ने गरी सेवाप्रदानगर्ने र आइजीआई हेल्थप्लस बीमालेखको माध्यमबाट पारिवारिक स्वास्थ्यबीमामाचालु आ.व. माउल्लेख्य सेवाप्रदानगर्ने जानकारी गराउँदै सेवामाविविधता रशाखा रहितबीमामाप्रविधिकोप्रयोग गरी सहजबीमासेवाप्रदानगर्ने जानकारी गराउनु भयो । देशमाविद्यमानआर्थिक तथा राजनैतिकअवस्थाको वावजुतपनिकम्पनीले गतबर्षको दाँजोमा १६.४७प्रतिशतले बीमाप्रिमियम संकलनमा वृद्धि हासिल गरेको जानकारी गराउँदै कम्पनीले २५औँ साधारण सभा समक्ष पेश गरेको सबै साधारण तथाविशेष प्रस्तावहरु सभाले कर्तल ध्वनीका साथ स्वीकृत गरेकोमा सबै शेयरधनीहरुलाई धन्यवाद व्यक्त गर्नु भयो ।

 

त्यसै गरी सोहीअवसरमाकम्पनीकाप्रमुखकार्यकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठले कम्पनीको २५औँ बार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनीमहानुभावहरुलाई स्वागतगर्दै कम्पनीले आफ्ना ग्राहकमहानुभावहरु, लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारी साथीहरुको टिमको सहयोगबाटकम्पनी अघि बढिरहेकोजानकारी गराउनु भयो । यसलाई निरन्तरताप्रदानगर्न कम्पनी सदा तत्पर रहने बाचाव्यक्तगर्दैलगानीकर्ताहरुको भावना र संचालक समितिको निर्देशनबमोजिमअगाडी बढिरहेको समेतसभालाईजानकारी गराउनुभयो ।

 

बीमाको पहुँचलाई देशको सबैक्षेत्रमा पु¥याउने हेतुले हामीले ७ वटै प्रदेशबाट ग्राहक महानुभावहरुलाई बीमा सेवा प्रदान गर्दै आईरहेका छौँ । बीमा अर्थतन्त्रको एक उत्कृष्ठ हिस्सा बनिरहेको वर्तमान परिप्रेक्षमा यसको पहुँचविस्तार तथा विकासको लागि हरसम्भव प्रयत्नगर्दै आईरहेको जानकारी गराउनु भयो । आगामीदिनहरुमा डिजीटलाइजेसनको माध्यम बाट गुणस्तरीय सेवाप्रदान गर्ने लक्ष्य सहित कम्पनी अगाडी बढी रहेको । आ.व. २०७७÷७८मा रु. १ अरब ५२ करोड ११लाख बीमा शुल्क आर्जन गरेकोमा

 

समीक्षाबर्षमा रु.१ अरब ७७ करोड १६लाखबीमाशुल्कआर्जन गरी गतबर्षको दाँजोमा१६.४७ प्रतिशतले बीमाशुल्क वृद्धि भएको जानकारी गराउनु भयो भने चालु आ.व.को पौष मसान्तसम्ममा कम्पनीले कूल ९० करोड २५ लाख बीमा शुल्क आर्जन गरिसकेको पनि सभालाई जानकारी गराउनु भयो । श्रेष्ठले नियमनकारी निकायको निर्देशनसहित लघु बीमा, कृषितथापशु बीमा लगायत पारिवारिक स्वस्थ्यबीमा लाई अगाडी बढाउँदै बीमा सेवालाई जनस्तर सम्म पु¥याउनको लागि७ वटै प्रदेशहरुमा रहेकाशाखाहरु मार्फत सेवाविस्तार गरेको पनिजानकारी गराउनु भयो । कम्पनीले हाल सम्म प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्दै कम्पनीको नीतिनियम र विनियमहरु, आन्तरिक लेखा परीक्षण लगायत नेपाल बीमा प्राधिकरणबाट समय समयमा प्राप्त निर्देशनहरुको पालना गर्दै आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउंदै कम्पनी सँग भएको साधन र श्रोतको उच्चतम परिचालन गरी सबै शाखा तथा प्रधान कार्यालय बाट सहज सेवा प्रदान गर्ने गरी सूचना तथा संचारलाई व्यवस्थित गर्दै डिजिटलमा विषेश ध्यान दिएको बताउनु भयो ।

 

अन्तमा संचालक समितिका अध्यक्ष  हेमराज ढकालले कम्पनीको २५औँ बार्षिक साधारण सभामा भाग लिई अमूल्य सुझावहरु दिनुहुने हाम्राआदरणीय शेयरधनी महानुभावहरुको आत्मीयता, न्यानो माया र विश्वास प्रतिआभार प्रकट गर्दै नेपाल सरकारका विभिन्ननिकाय, नेपालबीमा प्राधिकरण लगायत नियमक निकायहरु तथा ग्राहक महानुभावहरु प्रति धन्यवाद व्यक्त गर्नु भयो ।