२०८१ बैशाख ७ , शुक्रवार

चिल्ड्रेन भिजन नेपाललद्वारा चिसोबाट जोगाउन न्यानो कपडा वितरण

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं शंखरापुर नगरपालिका वडा नम्बर १ र २ भित्रका आर्थिक विपन्न परिवारका बालबालिकालाई न्यानो कपडा वितरण गरिएकोछ।

 

चिसोको समयमा समेत पातलो कपडा लगाएर विद्यालय जान बाध्य बालबालिकाहरू न्यानो कपडा पाउदा खुसी भएका छन् । न्यानो कपडा अन्तर्गत बालबालिकालाई उपलब्ध गराइएको ट्र्याकसूटले चिसो मौसममा राहत पुगेको स्थानीयले बताए । विपन्न बालबालिकालाई न्यानो कपडा उपलब्ध गराएकोमा काठमाडौं शंखरापुर नगरपालिका वडा नम्बर १ र २ का स्थानीयले चिल्ड्रेन भिजन नेपाल का अधक्ष्य रमेश सिलवाललाई धन्यवाद दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

चिल्ड्रेन भिजन नेपालले चिसोबाट जोगाउन हरेक वर्ष विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गर्दै आएको छ । गत वर्ष पनिआर्थिक रुपमा विपन्न, असहाय, दलित परिवारका बालबालिकालाई न्यानो कपडा वितरण गरेको थियो।