२०८१ बैशाख १९ , बुधवार

स्मार्टच्वाइस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच एससीटी युपीआई डेबिट कार्ड सेवा सम्बन्धी सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) तथा ‘क’ वर्गको वाणिज्य बैंक माछापुच्छ्रे बैंकबीच एससीटी युपीआई (SCT-UPI) डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ ।

 

सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग अधिकृत माधब सुवेदीले हस्ताक्षर गरेका छन् । बिगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरिय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको माछापुच्छ्रे बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

 

यस सम्झौता पश्चात माछापुच्छ्रे बैंकका ग्राहकहरुले एससीटी युपीआई (SCT-UPI) डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्नेछन् । साथै, एससीटी युपीआई (SCT-UPI) सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पोस, इकमर्श (ATM, POS, e-commerce) जस्ता सेवा सजिलै लिन सक्ने छन ।