२०८१ बैशाख १३ , बिहिवार

कालिका मा. वि.को ४०औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सुनाखरी न्युज/ पोखरा । श्री कालिका माध्यामिक विद्यालयको ४०औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । माघ ०७ गते शनिबार कालिका माध्यामिक विद्यालय पोखरा –३३ आपु भन्ज्याङ्को प्राङ्गणमा सम्पन्न भएको कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाबहादुर पुनले गरेका थिए ।

 

कार्यक्रममा प्रमुख अतिथी पोखरा महानगरपालिका शिक्षामहाशाखा प्रमुख हेमराज आचार्य रहेका थिए भने विशिष्ट अतिथी शिक्षा अधिकृत सोमनाथ भण्डारी रहेकोे कार्यक्रम सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक विश्वराज बाँस्तोला तथा शिक्षक बालकुमारी थापाले गरेका थिए ।कार्यक्रमको उद्घाटन पानसमा दिप प्रज्वलन गरी प्रमुख अतिथी पोखरा महानगरपालिका शिक्षामहाशाखा प्रमुख हेमराज आचार्यले गरेका थिए । साथै आचार्यले आफु सोही स्थानको स्थानिय भएको कारण विद्यालयका सम्पूर्ण वस्तुस्थितीमा जानकार रहेको र विद्यालयको दिगो विकासमा आफु पूर्ण सर्मपित भइरहने तथा पहिलेको तुलनामा विद्यार्थी संख्या कम रहेकोले सो कारण खोजि समाधान गर्नुपर्ने विद्यालयलाई सुझाव दिएका थिए ।विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद पोखरेलले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयको तर्फबाट स्वागत मन्तव्य विद्यालयका शिक्षक रामकृष्ण सापकोटाले गरेका थिए ।

 

उक्त कार्यक्रममा विद्यालयका जग्गादाता, अक्षयकोषदाता, सहयोगदाता,भूपू विव्यस अध्यक्ष तथा सदस्यहरु, भूपू शिअस अध्यक्ष तथा सदस्यहरु , भूपू प्रधानाध्यापक तथा शिक्षकहरू , भूपू विद्यार्थी मञ्चका पदाधिकारीहरू, भूपू विद्यार्थीहरू, समाजसेवी , बुद्धिजीवी , शिक्षाप्रेमी व्यक्तिहरू,वन समूह, आमा समूह,टोल सुधार समितिका अध्यक्ष तथा प्रतिनिधि तथा विभिन्न राजनीतिक दलका पदाधिकारीहरूको उपस्थिती रहेको थियो । साथै अक्षयकोष दाताहरुलाइ सम्मान गरिएको तथा सम्मान गर्न बाकी दाताहरुलाइ विशेष कार्यक्रमको आयोजना गरि सम्मान गरिने प्रतिबद्धता कार्यक्रमका अध्यक्षले गरेका थिए ।