२०८१ जेठ ५ , शनिवार

पोखराका सहकारी कर्मचारीहरुका लागि सहकारी क्षमता तथा कोपोमिस सम्वन्धी तालिमको समापन

 

सुनाखरी न्युज/ पोखरा । पोखरा महानगरपालिका सहकारी शाखाको आयोजनामा पोखरामा रहेका सहकारीमा कार्यरत कर्मचारीहरुका लागि २ दिने सहकारी क्षमता तथा कोपोमिस सम्वन्धी अनुशिक्षण कायक्रम पोखरामा आज समापन भएको छ ।

 

पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले प्रत्येक सहकारीले कोपोमिस प्रणाली प्रयोग गर्नुपर्ने आवश्यक रहेको बताउदै नितिनियम, ऐनकानुन पालना गर्नुपर्ने र यस तालिम पश्चात आफुले जानेको सिकेको पालना गर्नुपर्न र अरुलाई पनि सिकाउन अनुरोध गर्नुभयो । पोखरा महानगरपालिका सहकारी समितिका सदस्य नारायण प्रसाद आचार्यले कोपोमिस प्रणाली सञ्चालनका लागि आवश्यक पूर्वाधारहरुका बारेमा जानकारी दिदैं कारबाहिबाट जोगिन आँफु सजग हुनुपर्ने र प्रत्येक डाटाहरु प्रविष्ट गर्नुपर्ने बताउनुभयो । तालिम कायक्रमका प्रशिक्षकहरु पोखरा महानगरपालिकाका सहकारी शाखा प्रमुख भरतराज पौडेलले अबको आर्थिक वर्षबाट महानगरपालिकाले सहयोग नगर्ने बताउदैं कानुन जानेको छैन भनेर कोहि उम्कन नपाउने बताउनुभयो ।

 

पोखरा महानगरपालिका सहकारी समितिका सदस्य दिपक प्रकाश आचार्यले गन्तव्यमा पुग्न अनुरोध गर्दै अ¥ठ्यारोमा साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कोपोमिसका कारणले सरकारबाट आउने सेवा र सुविधाहरु कुनैपनि सहकारीको नरोकियोस् भनि कामना गर्नुभयो । प्रशिक्षार्थीहरुका तर्फबाट मान्द्रेढुङ्गा बहुउद्धेश्यीय सहकारीका व्यवस्थापक नरेन्द्र घिमिरेले कार्य समितिमा बसेर काम पनि गरेको र अहिले व्यवस्थापक पनि भएर काम गर्दा धेरै झन्झट भएको तर पनि क्रमश कोपोमिस प्रणालीका सम्पुर्ण कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तालिम कायक्रमका प्रशिक्षकहरु पोखरा महानगरपालिकाका सहकारी शाखा प्रमुख भरतराज पौडेल, ऋषीराम सापकोटा, रविरमण तिवारी, पोखरा महानगरपालिका सहकारी समितिका सदस्य दिपक प्रकाश आचार्य रहेका थिए ।

 

महानगरपालिकाका सहकारी शाखाका सिता पराजुलीले कार्यक्रममा १५ जना प्रशिक्षार्थीहरु रहेको जानकारी दिनुभयो । पोखरा महानगरपालिका सहकारी समितिका सदस्य दिपक प्रकाश आचार्यले कार्यक्रममा पहिलो दिन सहकारीको आधारभूत मुल्य मान्यता तथा सहकारीको सिद्धान्तहरु, सम्पत्ति शुद्धिहरण तथा सम्पत्ति शुद्धिकरण निवारण निर्देशिका , सहकारी लगत व्यवस्थापन, अभिलेख व्यवस्थापन सहकारी सस्थालाई पासवर्ड लगईन वितरण सूचना हेर्ने साथै नेपाली टाईप गर्ने र सोको अभ्यास पनि गराइएको जानकारी दिनुभयो । ऋषीराम सापकोटाले दोस्रो दिनको तालिममा आवश्यक पुर्वाधार, समष्टिगत विवरण र सोको अभ्यास, सहकारीको सदस्यता विवरण प्रविष्टि र विवरण प्रविष्टि तयारी, जेपीजी फाईल, पिडिफ फाईल बनाउने र अपलोड कार्यहरुको जानकारी तथा सोको अभ्यास, मासिक विवरण, बार्षिक विवरण सुचना पोष्ट गर्ने प्रयोगात्मक अभ्यास, सहकारी संस्थाहरुको समितिको नामावली तथा साधारण सभाको जानकारी र विविध कार्यक्रम रहेको जानकारी दिनुभयो ।