सुनाखरी न्युज/ काठमाडौं । सेवा नै धर्म हो । प्रदेश नं. १, विराटनगरको सुनसरी जिल्ला रामधुनी नगरपालिका ७ कुमारखतमा रहेको पञ्चायत माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका ६३ जना बालबालिकाहरुलाई मिलिजुली परिवार तथा गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठानले सहयोग वितरण गरेको छ ।
सहयोग हस्तान्तरण कार्यक्रमको लागि सामाजिक सामाजिक अभियानता पेसाले👷इन्जिनियर ,युवा उद्धयमि,समाजसेवी दिपु उप्रेती ,रारा सैंजु, अमृता भट्टराई, ज्ञान बहादुर लामा, राजन कडेल, भोजराज खड्का, पुर्णिामा श्रेष्ठ, रामचन्द्र अधिकारी, चक्रपाणी अर्याल, सुमन थापा, लक्ष्मी श्रेष्ठ, लक्ष्मी भण्डारी, कविता अधिकारी, सलिना खतिवडा र रमा पौडेलबाट आर्थिक तथा भौतिक सहयोग उपलब्ध भएको थियो ।